च्याम्पियन्स ट्रफीको निम्ति अष्ट्रेलियाई टीमको घोषणा

IMG-20250113-WA0181

सिडनी: प्याट कमिन्सलाई आउँदो महिना हुने च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियाई टीमको कप्तान चयन गरिएको छ जबकि चोटको उपचार गराइरहेका पेस बलर जोश हेजलवुडलाई पनि टीममा स्थान प्राप्त भएको छ। कमिन्सलाई भारतविरुद्ध बोर्डर गावस्कर ट्रफीको अवधि खुट्टामा चोट लागेको थियो। उनी आफ्नो दोस्रो नानीको जन्म अनि यस चोटले गर्दा आउँदो श्रीलंका यात्राबाट बाहिर रहेका छन्। अष्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले भने, हामीले केही दिन अघि श्रीलंका यात्राको निम्ति टेस्ट टीमको घोषणा गर्दा मलाई जे-जति जानकारी थियो, आज पनि त्यति नै छ। कमिन्सको स्क्यान गरिएको छ तर मलाई उनको रिपोर्टको जानकारी छैन। हामी उनलाई बोर्डर गावस्कर ट्रफीपछि आराम दिन चाहन्थ्यौं। यसरी चोटले गर्दा मेलबर्न र सिडनी टेस्ट म्याचबाट बाहिर रहने हेजलवुडलाई श्रीलंका जाने टीममा स्थान प्राप्त नभए पनि च्याम्पियन्स ट्रफीको निम्ति १५ सदस्यीय प्रारम्भिक टीममा उनको नाम रहेको छ। वर्तमान वर्ल्ड च्याम्पियन अष्ट्रेलियाले अलराउण्डर मिचेल मार्शलाई पनि टीममा सामेल गरेको छ, जसलाई सिडनीमा भारतविरुद्ध पाँचौं टेस्ट म्याचको टीमबाट बाहिर राखिएको थियो। बेलीले भने, यो सन्तुलित र अनुभवी टीम हो, जसको अधिकांश खेलाड़ीहरूले गत वनडे वर्ल्ड कप, वेष्ट इण्डिजविरुद्ध सीरीज र पाकिस्तानविरुद्ध घरेलु सीरीज खेलिसकेका छन्। च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियासँग ग्रुप बी-मा अफगानिस्तान, ईंग्ल्याण्ड र दक्षिण अफ्रिका रहेको छ। अष्ट्रेलियाले आफ्नो सबै म्याच लाहौर र रावलपिण्डीमा खेल्नेछ।
च्याम्पियन्स ट्रफीको निम्ति अष्ट्रेलियाई टीम यसप्रकार छः
प्याट कमिन्स (कप्तान), एलेक्स केरी, नाथन एलिस, आरोन हार्डी, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, मार्नस लाबुशेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, म्याथ्यू शर्ट, स्टीव स्मिथ, मिचेल मार्श, मार्कस स्टोइनिस, एडम जाम्पा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement