खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिंगेल चिया बगानमा जीर्णावस्थामा रहेको रोडको मरमत्ति कार्य भोलिदेखि शुरू गरिने भएको छ। सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको उक्त रोडको मरमत्तिको लागि गत नोभेम्बर महिनामा शिलान्यास गरिएको थियो भने आज उक्त रोडको मरमत्तिको लागि विभागीय रुपमा नापजोख र सर्वेक्षण गरिएको छ। आज उक्त रोडको मरमत्तिको लागि टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा विभागीय अधिकारीहरुले रोडको नापजोखको कार्य सम्पन्न गरेका थिए। अब यस जीर्णावस्थामा रहेको रोडको मरमत्तिको कार्य भोलिदेखि शुरू गरिने सभासद नुरी शेर्पाले जानकारी गराएका छन्। उनले आज पत्रकारहरुलाई सम्बोधन गर्दै सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको रोडको मरमत्तिको लागि शिलान्यास गरिएको र आज विभागीय रुपमा नापजोख गरेर भोलिदेखि कार्य शुरु गरिने जानकारी गराएका छन्। सभासद नुरी शेर्पाले गत केही दिन अघि नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डस आएर सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको रोडको विषयमा बोलेको विषयमा उत्तर दिएका छन्। उनले अजय एडवर्डसको सल्लाह सुझावलाई मान्न सकिन्छ तर उनी पनि त कुनै समष्टीको सभासद नै हुन् भन्दै अरुको समष्टीमा आएर आलोचना गर्नुभन्दा आफ्नै समष्टिभित्र कार्य गर्ने सुझाव दिएका छन्।

सभासद नुरी शेर्पाले आफ्नो समष्टिमा अहिलेसम्म कुनै पनि काम अधुरो रहेको बताउँदै नरिवल फुटाएको सबै काम पूरा गरेको बताएका छन्। त्यसरी नै सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङले सबै गाउँवासी हतास नभईदिने अनि रोडको मरमत्तिको लागि जुन काम आएको छ। त्यसमा सबैले सहयोग गरिदिने अनुरोध गरेका छन्।