जीटीए कर्मचारी संगठनको वार्षिक सभा तथा स्थापना दिवस मिरिकमा आयोजना गरिने

IMG-20250113-WA0216

खरसाङ: जीटीए कर्मचारी संगठनको वार्षिक सभा तथा स्थापना दिवस मिरिकमा आयोजना गरिने भएको छ। आगामी १७ जनवरी २०२५ शुक्रबारको दिन मिरिकमा हुने जीटीए कर्मचारी संगठनको वार्षिक सभा तथा स्थापना दिवस कार्यक्रममा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहने भएको छ‌।‌ आज यसै विषयमा खरसाङमा एक पत्रकार सम्मेलनमा जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिको सभापति साजन गहतराजले जानकारी गराएका छन्‌‌। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै आगामी १७ जनवरीमा मिरिकमा हुन लागिरहेको जीटीए कर्मचारी संगठनको वार्षिक सभा तथा स्थापना दिवस कार्यक्रममा पहाड तराईका सम्पूर्ण कर्मचारीहरूलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। उनले उक्त सम्पूर्ण कर्मचारीहरूलाई मास सेल दिइने भएकोले सबैजना कार्यक्रममा‌ उपस्थित भईदिने अनुरोध गर्दै उक्त दिन प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले जीटीए कर्मचारीहरुका लागि महत्वपूर्ण घोषणा गर्न सक्छन् भनी बताएका छन्।‌ पत्रकार सम्मेलनमा उनीबाहेक जीटीए कर्मचारी संगठन केन्द्रीय कार्यवाहक सभापति वाङ्चुक लेप्चा, उपाध्यक्ष किस्मत सुब्बा, खरसाङ महकुमा समितिको सचिव सुदामा शर्मा, कोषाध्यक्ष दिनेश तामाङ पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement