कालचिनी: चिया श्रमिकहरुको पूजा बोनस २० प्रतिशतको दरले दिइनु पर्ने दाबी लिएर सम्पूर्ण ट्रेड यूनियनले मालिकपक्षलाई दवाब दिइरहेको क्रममा अन्ततः शुक्रबार डीबीआईटीएमा सम्पन्न बोनस बैठकमा २० प्रतिशतको दरले बोनस दिने फसेला भएको छ। प्रथमत: मालिकपक्षले २० प्रतिशतको दरमा अनकनाई रहेको थियो भने बैठकमा ट्रेड यूनियनहरुको दवाबलाई स्वीकृति दिँदै २० प्रतिशतको बोनस दरले नै पूजा बोनस प्रदान गर्ने सहमति बन्यो।
डुवर्स र तराई मिलाएर प्रायः २७० भन्दा अधिक चियाकमानहरुमा आउँदो २२ सेप्टेम्बर अघि अघि नै बोनस दिइने पनि सहमति बनेको बताइएको छ। बोनस बैठकमा सहभागी बनेका सीटु नेता विकास महलीले अन्ततः युनियनको कुरामा मालिकपक्षले सहमति जनाउन बाध्य भएको र यस चुक्ति अनुरुप २० प्रतिशतको दरले बोनस पारित भएको र कमजोर चियाकमानहरुलाई ग्रेडअनुसार नै बोनस वितरण हुने जान्नमा आएको छ।