रेलिंग च्याम्पियन्स ट्रफीः बीएसके सजिलै क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_2025113115736740

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा बीएसके ले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। आइतवार भएको म्याचमा बीएसके ले न्यूल्याण्ड्स फूटबल क्लबविरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट उमंग राईले ह्याट्रिक गरे। यसबाहेक तक्षिक भूटिया र मेण्डिस मंगरले १-१ गोल गरे। उमंग राईले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आयुनाइटेड दार्जीलिङउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *