अष्ट्रेलियन ओपनको पहिलो राउण्डमै नागलको हार

IMG-20250113-WA0140

मेलबर्न: भारतका शीर्ष पुरुष एकल खेलाड़ी सुमित नागलले सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा असल प्रदर्शन गर्न सकेनन् अनि उनको अभियान पहिलो राउण्डमै समाप्त भयो। सुमितले पुरुष एकल वर्गको पहिलो राउण्डको म्याचमा विश्वका २५औं नम्बरका खेलाड़ी थोमस माचाकविरुद्ध सीधा सेटमा हारको सामना गर्नु पऱ्यो। चेक रिपब्लिकका माचाकले भारतीय खेलाड़ीलाई ६-३, ६-१, ७-५-ले पराजित गरी दोस्रो राउण्डमा स्थान बनाए। विश्व ऱ्याङकिंगमा ९१औं स्थानमा रहने नागललाई शुरुवातमा आत्मविश्वासी लागिरहेको थियो अनि आफअनो पहिलो तीन सर्विस गेममा केवल दुई पोइण्ट गुमाए तर एउटा डबल फल्टको साथमा लगातार गल्तीहरूले गर्दा उनले सातौं र नवौं गेममा आफ्नो सर्विस गुमाए। यसले गर्दा माचाकलाई पहिलो सेट जित्न असुविधा भएन। दोस्रो सेटमा पनि नागललले शुरुमै माचाकको सर्विस तोड़्ने मौका पाएका थिए तर चेक खेलाड़ीले पनि मजबूतीको साथ ब्रेक पोइण्ट बचाए। त्यसपछि माचाकले असाधारण प्रदर्शन गर्दै केवल ३६ मिनटमा दोस्रो सेट जिते। शुरुवाती २ सेट गुमाएपछि नागलले तेस्रो सेटमा असल शुरुवात गर्दै शुरुवाती ब्रेक हासिल गरे अनि एक समय त उनी सेटमा ५-३-ले अघि रहेको थियो। त्यसपछि भारतीय खेलाड़ीले डबल फल्टसहित एकाधिक गल्तीहरू गर्दा माचाक महत्त्वपूर्ण ब्रेकको साथ खेलमा फर्किन सफल भए। त्यसपछि उनले फर्मको फाइदा उठाउँदै तेस्रो सेटसहित म्याच जिते। गत वर्ष नागलले क्वालीफायरको माध्यमले अष्ट्रेलियन ओपनको मुख्य ड्र-मा स्थान बनाएर सुनाम अर्जन गरेका थिए। त्यसपछि उनले पहिलो राउण्डमा उच्च ऱ्याङकिंग भएका अलेक्जेण्डर बुबलिकलाई पराजित गरेर दोस्रो राउण्डमा पनि स्थान बनाएका थिए। यस साल चाहिँ माचाकविरुद्ध हारको साथ एकल स्पर्धामा भारतको अभियान पनि समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement