रियल म्याड्रिडलाई ध्वस्त गरी स्पेनिश सुपर कप जित्यो बार्सिलोनाले

IMG-20250113-WA0133

जेद्दा: बार्सिलोनाले दोस्रो हाफको खेलमा अधिकांश समय नै १० जना खेलाड़ीको साथ खेल्दै पनि स्पेनिश सुपर कप (सुपरकोपा डी एस्पाना)-को खिताब जित्यो। आइतवार राति सऊदी अरबको जेद्दा स्थित किंग अब्दुल्ला स्पोर्ट्स सिटी स्टेडियममा खेलिएको फाइनल म्याचमा बार्सिलोनाले आफ्नो चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५-२-ले पिट्यो। टुर्नामेण्टमा यो बार्सिलोनाको रेकर्ड १५औं खिताब हो। यसरी गत सीजनको च्याम्पियन रियल म्याड्रिडले टुर्नामेण्टमा १३ पल्ट खिताब जितेको छ। म्याचमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले म्याचको शुरुमै गोल खाए पनि मध्यान्तरसम्म ४-१-को बढ़त हासिल गरी आफ्नो जीत सुनिश्चित गऱ्यो। दोस्रो हाफको खेलमा गोलकीपर वोजशिच श्जेस्नीले रेड कार्ड देख्दा बार्सिलोनाको टीम १० जना खेलाड़ीमा सीमित भयो तर रियलले त्यस मौकालाई काममा लगाउन सकेन। बार्सिलोनाले असाधारण प्रदर्शन गर्दै अन्तमा ५-२-ले जीत हासिल गरी ट्रफी जित्यो। बार्सिलोनाबाट राफिन्हाले ३९औं र ४८औं मिनटमा २ गोल गरे।

यसबाहेक लामिने यामालले २२औं, रोबर्ट लेवाण्डोस्कीले ३६औं मिनट र अलेहान्द्रो बाल्डेले मध्यान्तर अघि इञ्ज्युरी टाइमको दशौं मिनटमा गोल गरे। यसरी रियल म्याड्रिडबाट कीलियन एम्बाप्पेले पाँचौं र रोड्रिगोले ६०औं मिनटमा गोल गरे।

About Author

Advertisement