राज्यस्तरीय नाम्प्रिकदाङ नामसुङ महोत्सव २०२४-२५ को समापन

IMG-20250112-WA0278

गान्तोक: उत्तर जिल्लाको जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत नाम्प्रिकदाङको खेल मैदानमा आयोजित तीन दिवसीय नाम्प्रिकदाङ नामसुङ पर्वको आज समापन भयो। नाम्प्रिकदाङ नामसुङ समारोह समितिद्वारा आयोजना गरिएको समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको साथमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राज कुमारी थापा, मन्त्रीमण्डलका सदस्यहरू, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेकव खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सर्व प्रथम यस प्रकारको भव्य कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै आगामी वर्ष स्वर्ण जयन्ती भव्यरूपमा पालन गर्नु पर्ने सुझाउ दिए। यो पर्व राज्यको विभिन्न स्थानमा भव्यरूपमा पालन गरिन्दै आइरहेको छ। वास्तवमा यो पर्व अघिबाट नै सकिएको हो। अबदेखि उता कुनै पनि जातिय़ पर्व ठीक एक दिन अघि मनाउनु पर्ने सुझाउ दिए।जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत नाम्प्रिकदाङमा योपर्व आयोजना गरिनु एक ऐतिहासिक रहेको बताउँदै नाम्सुङ र लोसुङ पर्वको हार्दिक शुभकामना पनि दिए। एसकेएम पार्टी सरकारमा आएपछि सबै जातिहरूलाई एक सुत्रमा बाँध्ने प्रयास गरेको अवगत गराए। पूर्व सरकारमा कुनै पनि जातिय पर्वपालन गर्नको निम्ति एकपल्ट सोच्नु पर्ने बाध्यता थियो। तर एसकेएम पार्टी सरकारमा आएपछि यस प्रकारको समस्याबाट राज्यमा बसोबासो गर्ने सबै समुदायलाईमुक्त गराइएके अवगत गराए। यसरी विभिन्न जातिको पर्व मनाउँदा राज्यका तथाकथित राजनीतिक दलले विभिन्न प्रकारको आरोप लगाउने गरेको मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा उल्लेख गरे। राज्यमा ३२ सीटमा विजयी बनेर सरकार गठन गरेको पार्टीलाई मनोरञ्जनकोरूपमा सिमित रहेको कुनै एक मीडियाले पस्किएको समाचारलाई उनले कडारूपमा खण्डन गरे। सबै जातिले आफ्नो पर्व स्वतन्त्रतारूपमा मनाउने राज्य सरकारले वातावरण सृजना गरेको तर यसमा पनि कतिपयले नकारात्मक टिप्पनी गरेकोमा उनले आपत्ति जनाए। हामीले गर्वसाथ आफ्नो परम्परा साथै पर्व पालन गर्नुपर्ने जानकारी गराए। सरकार कसरी चलाउनु पर्छ त्यो हामीलाई सिकाउनु पर्दैन्, उनले भने। एसकेएम पार्टीलाई ३१ वटा सीट जनताले दिएको र कुनै पनि तथाकथित विपक्षी दलका नेताहरूको हात नरहेको जानकारी गराए। वैश्विक महामारी कोविडको समयमा पनि एसकेएम सरकारले राम्रो काम गरेर उदाहरण प्रस्तु गरेको किटान गरे। वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको र रोगी अस्पतामा भर्ना भएपछि त्यसको सम्पूर्ण खर्च राज्य सरकारले नै अहिलेसम्म व्योहोरेको दावी गरे। यस प्रकारको सहयोग सरकारले निरन्तरता दिने र कसैले विरोध गरे पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने बचन दिए।शिक्षाको मेरूदण्ड भनेको शिक्षक-शिक्षिका हुन्, यसर्थ उनीहरूलाई निर्धक्करूपमा काम गर्ने वातावरण वर्तमान सरकारले सृजना गरेको जानकारी गराए।सिक्किम एक सानो राज्य भएता पनि देशको अन्य राज्यहरूको तुलनामा विभिन्न क्षेत्रमा अघि रहेको दावी गरे।


यसै क्रममा आयोजक समितिका अध्यक्ष एवम एवम विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाले कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम पार्टी सरकारमा आएपछि जङ्गु निर्वाचन क्षेत्रमा धेरै विकासीय कार्यहरू सम्पन्न भएको बताए। तर कतिपय विपक्षी प्रशंसा गर्नुपर्ने सुझाउ दिए।आगामी वर्ष यो पर्व पालन गरिएको ५० वर्ष अर्थात स्वर्ण जयन्ती हुने भएकोले स्वर्ण जयन्ती कार्यक्रम भव्यरूपमा पालन गरिने जानकारी गराए। यसका साथै उनले गत वर्षको 4 अक्टोबरमा आएको विनाशकारी वाढीले यस क्षेत्रलाई धेरै प्रभावित तुल्याएको र यहाँ यस प्रकारको कार्यक्रम गर्न सक्ने स्थिति नरहेको बताए। तर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देशमा यहाँ सदैव झै यस वर्ष पनि कार्यक्रम आयोजना गर्न सफल बनेकोमा यसको सम्पूर्ण श्रेय राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई दिए। आजको यस कार्यक्रम अन्तर्गत भारत सरकारको उत्तरपूर्वी सांस्कृतिक केन्द्र र सिक्किम सरकारको सांस्कृतिक विभागको पहलमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो, जसमा कलक्ता,आसम र राज्यका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए। सोही प्रकारको टग अफ् वार, आर्चेरी प्रतियोगिताको पनि आयोजना गरिएको थियो। आर्चरी प्रतियोगितामा प्रथम हुने दललाई नगद ३ लाख र उपविजयी टोलीलाई नगद २ लाख रूपिया मुख्यमन्त्रीको बाहुलीबाट प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement