गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले विश्व शेफ सोसाइटी संघसंग बैठक गरि संघका सदस्यहरूलाई सिक्किम भ्रमणको निम्तो गरेका छन्। उनले बैठकमा सिक्किमको समृद्ध खाद्य संस्कृति, सिक्किमको खाना, जीवन्त स्वाद र प्राकृतिक परिवेशसंगको गहिरो सम्बन्धले राज्यको अद्वितीय परम्परा र जीवनशैली झल्किने उल्लेख गरेका छन्। छलफलको क्रममा भारतको आदिवासी खाद्य परम्पराको प्रवर्द्धन र विश्वव्यापी माग साथै बजार व्यवस्थापनमाथि पनि जोड़ दिइएको थियो। सिक्किमको अद्वितीय र विविध खाद्य संस्कृतिमा ध्यान आकर्षित गर्दै सुब्बाले राज्यको जातीय खानपानबारे पनि जानकारी गराएका थिए। सांसद सुब्बाले निर्यातकर्ताहरू र विश्वव्यापी सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै सिक्किममा व्यावसायिक केन्द्रको रूपमा सम्भावनाबारे जानकारी गराएका थिए। यसबीच उनले क्षेत्रमा। भारतको पहिलो पूर्ण जैविक राज्यको रूपमा परिचित रहेको र सिक्किमले उच्च-गुणस्तरको कृषि र बागवानी उत्पादनहरूको विकासमा ध्यान केन्द्रित गरेको जानकारी गराउँदै यसले स्वस्थ जीवनको विश्वव्यापी मागलाई लाभ पुग्ने बताएका थिए। यसक्रममा सांसद सुब्बाले देश विदेशबाट आएका प्रतिनिधिहरुसंग सिक्किमलाई दिगो विकास, सांस्कृतिक सम्पदा र स्थानीय खानपानको विकास गर्न संघको सहकार्य जरूरी बन्ने ठहर गरेका थिए।