गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको उपलक्ष्यमा राज्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। यसैको एक भागका रूपमा जोरथाङमा माघे मेलाको भव्य आयोजना गरिने भएको उक्त कार्यक्रममा विभिन्न कार्य गतिविधिहरू सम्पन्न हुने भएको छ। मेलामा ऐतिहासिक तथा सांस्कृतिक महत्तवलाई जोड़ दिँदै विविध स्टलहरूको स्थापनासँगै अनेक मेलाहरू आयोजना गरिनेछ। यसै क्रममा सारस मेलालाई पनि विशेष स्थान दिइएको छ। सिक्किम सरकारको ग्रामीण प्रबन्धन विकास विभागको समन्वयमा आयोजना गरिने सारस मेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। सोही प्रकारले मन्त्री अरूण उप्रेतीले जोरथाङमा आयोजना हुन लागिरहेको माघे मेलाको स्थलगत निरीक्षण गरे।
उनले सारस मेला वृहत महत्वका साथ लगाइनुपर्ने विचारसहित आयोजक समितिलाई सफलताको शुभकामना दिए। मन्त्री उप्रेतीले तयारी कार्यमा जुटेका सदस्यहरूसँग भेटवार्ता गरी मेलालाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति आयोजक समितिसँग विचार-विमर्श पनि गरे। मन्त्रीका साथमा मेला आयोजक समितिका सदस्य सहित अन्य विशेष व्यक्तित्वहरू सामेल थिए।