जिल्लापाल अनुपा तामलिङले गरिन् जोरथाङ माघे मेला तयारीलाई लिएर निरीक्षण

IMG-20250112-WA0272

गान्तोक: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले आज जोरथाङ माघे मेलाको तयारीलाई लिएर निरीक्षण गरिन्। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे, अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङ लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। जिल्लापाल तामलिङ लगायत अन्य अधिकारीहरूले रंगीत र रमन नदीको किनारको निरीक्षण गरे। निरीक्षणको क्रममा सुरक्षालाई लिएर प्रमुख उपकरणबारे विशेष ध्यान दिइएको थियो। यस अवसरमा छलफल गरिएका प्रमुख सुरक्षा उपायहरू निम्नानुसार द्रुत प्रतिक्रिया टोलीको तैनाती आइआरबी स्टेशनको स्थापन लगायत अन्य विषयहरूममा पनि जानकारी गराइयो।
महिला तथा बाल विकास विभाग अन्तर्गतको वान-स्टप केन्द्रको भ्रमण गरिएको थियो, जहाँ उनले कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल गरे। जिल्लापाल तामलिङले कुनै पनि आपतकालीन अवस्थामा एचयूबीसँग सहकार्य गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement