गान्तोक: गत ९ जनवरी दखि शुरु भएको १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कपको फुटबल प्रतियोगिताको आज चौथो खेल सम्पन्न भयो। आजको चौथो दिनको खेलमा मुख्य अतिथिकरुपमा विधायक सतिशचन्द्र राई मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा विधायक मदन सिञ्चुरी, पूर्व विधायक सुनिता गजमेर अनि अन्यको उपस्थिति रहेको थियो। आज चौथो दिनको खेल जीटीए ११ अनि झापा ११ माझ सम्पन्न भयो। खेलको निर्धारित समयसम्म कुनै परिणाम नआएपछि अन्तत खेल टाइ ब्रेकरमा परिणत भएको थियो। टाइ ब्रेकरमा झापा ११ ले जीटीए ११ लाई २ को विरुद्ध ४ गोल लगाएर विजयी बन्यो। यसरी नै आजको म्यान अफ् द म्याच झापा ११ का आशिष गुरुङलाई छनौट गरियो भने मुख्य अतिथिको बाहुलीबाट उनलाई ट्रफी अनि नगद राशी प्रदान गरियो।
यसरी नै अन्तर समष्टि फूटबल प्रतियोगिताको फाइनल खेल पनि आज सम्पन्न भयो जसमा दरामदिनमाथि छुजाचेनले जीत हाँसिल गर्दै फाइनलमा प्रवेश गरेको छ।