गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किमका अध्यक्ष गणेश राईले स्वामी विवेकानन्दको जन्मजयन्तीको सम्झनामा पालन गरिने राष्ट्रिय युवा दिवसको अवसरमा,सिक्किमका युवाहरू र राज्यबासीलाई शुभकामना व्यक्त गरेका छन्। आज एक प्रेस बयान जारी गर्दै राईले सिक्किमले गर्वको साथ राज्य स्थापनाको ५०औं वार्षिकोत्सव मनाउँदै गर्दा हामीले चिन्तन गर्ने र आगामी दिनको सुखद सिक्किमको परिकल्पना गर्ने समय आएको उल्लेख गरेका छन्। उनले यस कार्यका लागि अटल दृढसंकल्प, नवीनता र उच्च सोचको लागि आह्वान गर्दै हाम्रा युवाहरूको भूमिका प्रगतिशील, समावेशी र समृद्ध सिक्किमलाई आकार दिन महत्वपूर्ण हुने कुरामा बल दिएका छन्। राईले स्वामी विवेकानन्दको जीवन र शिक्षाले हामीलाई युवाहरूको असीम क्षमता र आत्म-विश्वास र समर्पणको शक्तिको सम्झना गराउउने बताउँदै मूल्यमान्यता, साहस र ज्ञानले सञ्चालित समाजमा उनको दृष्टिकोण सिक्किमको लागि प्रतिध्वनित हुने बताए। उनले सिक्किमका युवाहरूलाई आफ्नो ऊर्जा, रचनात्मकता र क्षमतालाई भविष्य निर्माण गर्ने दिशामा प्रयोग गर्ने आग्रह गरेका छन्।