आईपीएल २३ मार्चदेखि शुरु हुने

IMG-20250112-WA0269

मुम्बई: इण्डियन प्रीमियर लीग (आईपीएल) को १८औं संस्करण २३ मार्चदेखि शुरु हुनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले आइतवार यस खबरको पुष्टि गरे। जेद्दामा २४ र २५ नोभेम्बरमा भएको मेगा लिलामीको अवधि सबै फ्रेञ्चाइजीले आफ्नो टीम चयन गरिसकेको छ। लिलामी समाप्त भएपछि यसपाली विश्वको सबैभन्दा लोकप्रिय टी२० लीगको तारिखहरू पनि घोषणा गरियो। मुम्बईमा बीसीसीआईको विशेष आम बैठक (एसजीएम) -मा सामेल भएका राजीव शुक्लाले आईपीएल २०२५-को तारिखहरूको खुलासा गर्दै भने, आईपीएल २३ मार्चदेखि शुरु हुनेछ । उल्लेखनीय छ, आईपीएलको गत संस्करण २२ मार्चदेखि शुरु भएको थियो। यसपाली आईपीएल २३ मार्चदेखि शुरु हुने अनि फाइनल २५ मईमा खेलिनेछ। आईपीएलको गत संस्करणमा कलकत्ता नाइट राइडर्स च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement