सैकिया बने बीसीसीआई सचिव, प्रभतेज सिंह कोषाध्यक्ष

IMG-20250112-WA0268

मुम्बई: पूर्व क्रिकेटर देवजीत सैकिया आधिकारिक रूपले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -को नयाँ सचिव बने। सैकियाले यस पदमा आईसीसीका नवनियुक्त अध्यक्ष जय शाहको स्थान लिनेछन्। सैकिया बीसीसीआई सचिव बन्ने पहिलादेखि नै तय रहेको थियो कारण उनी यस पदको निम्ति नामांकन भर्ने एकमात्र उम्मेद्वार थिए। यसरी प्रभतेज सिंह भाटियालाई कोषाध्यक्ष चयन गरियो। यी दुईजनालाई चयन गर्ने फसेला बीसीसीआईको विशेष आम बैठक (एसजीएम)- मा भयो। जय शाह आईसीसी अध्यक्ष बनेपछि सैकियाले अन्तरिम सचिवको रूपमा काम गरिरहेका थिए। बीसीसीआईको संविधान अनुसार, कुनै पनि खाली पद ४५ दिनभित्र आम सभा बोलाएर भर्नु पर्छ। जय शाहले एक दिसम्बर २०२४-मा आईसीसी अध्यक्षको पद सम्हालेका थिए। भाटियाले आशीष शेल्लारको स्थानमा कोषाध्यक्षको पद सम्हाल्नेछन्। आशीष महाराष्ट्रको देवेन्द्र फडणवीस सरकारमा क्याबिनेट मन्त्री बनेका थिए। यसैकारण उनले बीसीसीआईमा आफ्नो पद छोड़्नु परेको थियो। सैकिया प्रथम श्रेणीको पूर्व क्रिकेटर रहेका छन्, जसले १९९०-देखि १९९१-सम्म ४ वटा म्याच खेलेका थिए। विकेटकीपर ब्याटरको रूपमा उनको क्रिकेट करियर निक्कै छोटो रह्यो। क्रिकेटपछि उनले कानूनमा आफ्नो करियर बनाए अनि २८ सालको उमेरमा उनी गुवाहटी हाई कोर्टमा वकील बने। सैकियाको क्रिकेट प्रशासनमा करियर २०१६-मा शुरु भएको थियो। उनी २०२२-मा बीसीसीआईका संयुक्त सचिव चयन भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement