मुम्बई: प्यान-इण्डिया अभिनेत्री रश्मिका मन्दाना, जसले ‘पुष्पा २’ मा श्रीविलीको भूमिकामा तहल्का मचाएकी थिइन्, हाल अस्पतालमा भर्ना भएकी छिन्। उनी नयाँ वर्षको शुरुवातमै खुट्टामा चोट लागेपछि निराश भएकी छिन्। चारभन्दा बढी फिल्महरूमा काम गरिरहेकी रश्मिका हाल चोटका कारण केही समय शूटिंगबाट ब्रेक लिनुपरेको बताएकी छिन्। उनले आफ्ना प्रशंसकहरूसँग केही तस्वीरहरू सेयर गर्दै यो जानकारी दिएकी हुन्। उनका प्रशंसकहरूले ट्वीट गर्दै उनको चाँडै निको हुने कामना गरिरहेका छन्। रश्मिकाले जानकारी दिएकी छिन् कि उनी आफ्नो नयाँ फिल्महरूको तयारीमा जिममा वर्कआउट गर्दै गर्दा घाइते भएकी हुन्। उनले भनेकी छिन्, “मेरो नयाँ वर्षको शुरुवात यसरी भयो। जिममा ट्रेनिङ गर्ने क्रममा म घाइते भएँ। मलाई केही हप्ता वा महिना आराम गर्नुपर्नेछ। भगवानलाई थाहा छ, पूर्ण रूपमा ठीक हुन कति समय लाग्नेछ।” उनले थपिन्, “अहिलेदेखि मलाई पूरै आराम गर्नुपर्नेछ। सब ठीक भएपछि मात्रै म ‘सिकन्दर, कुबेर, थामा’ को शूटिंगमा भाग लिनेछु। मेरो कारणले फिल्ममा ढिलाइ हुनेछ। आशा छ, निर्देशकहरूले मलाई यो लागि माफी दिनेछन्। जब मेरो खुट्टा फेरि शूटिंगका लागि तयार हुनेछ, म अवश्य फर्किनेछु। चाँडै निको हुनका लागि म वर्कआउट पनि गरिरहनेछु।” रश्मिकाको स्वास्थ्यका लागि उनका प्रशंसकहरूले शुभकामना व्यक्त गरिरहेका छन्।