नक्सलबारी: नक्सलबारी श्री रामकृष्ण आश्रमले स्वामी विवेकानन्दको १६३औं जन्मजयन्ती र युवा दिवस मनाएको छ। आइतबार, नक्सलबारीको पानीघाटा नजिकैको कदमा मोडदेखि आश्रमसम्म म्याराथन दौड आयोजना गरिएको थियो।
जसमा भारतीय क्रिकेट टोलीका सदस्य ऋद्धिमान साहा, स्वामी विश्वधरानन्द जी महाराज, एसएसबी सिलगढी फ्रन्टियरका आईजी सुधीर कुमार, सिलगढी उप-डिभिजन परिषद्का अध्यक्ष अरुण घोषलगायत उपस्थित थिए।यस म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। म्याराथनसँगै शोभायात्रा पनि आयोजना गरिएको थियो।