सप्ताहव्यापी आः मः शः हीलिङ क्याम्पको समापन कार्यक्रम सम्पन्न

IMG_20220902_203230.jpg

नाम्ची: आज एक सप्ताहव्यापी आः मः शः हीलिङ क्याम्पको समापन कार्यक्रम सम्पन्न भयो। नाम्चीको अप्पर घुर्पिसेस्थित इम्प्लोइमेन्ट गेस्ट हाउसमा सम्पन्न भएको थियो। यस क्याम्पको आयोजना एसकेएम पार्टीको नाम्ची-सिङ्गिथाङ सीएलसीको सहयोगमा हेभेन्ली निर्वाण पाथ, सिक्किमले गरेको थियो।
समापन कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज मुख्य अतिथि रहेका थिए। विशिष्ट अतिथिको रूपमा मख्यमन्त्रीकी धर्मपत्नि कृष्णकुमारी राई उपस्थिति थिइन्। यस क्रममा मुख्यमन्त्रीकी धर्मपत्नि राईले क्याम्पमा उपचार भइरहेका रोगीहरूसँग पनि भेटघाट गरिन्। उनले उपचाराधिन रोगीहरूलाई उपहार पनि प्रदान गरिन्। कार्यक्रममा आयोजक समितिले मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णकुमारी राईलाई अभिनन्दन जनाएको थियो।
उल्लेखनीय छ, यो क्याम्प गत २७ अगस्तमा आरम्भ भएको थियो। यस क्याम्पलाई सफल बनाउन सेमिङ गुरु सुरेन्द्र राई र व्यासनन्द गुरु मनबहादुर छेत्रीले अगुवाइ गरेका थिए। समापन कार्यक्रममा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटिया, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई आदिको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement