सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद्ले स्वामी विवेकानन्दको १६३औं जन्मजयन्ती मनायो। स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद्का अध्यक्ष तनय तालुकदारको नेतृत्वमा शोभायात्रा निकालियो।जुलुसमा तृणमूल दार्जिलिङ जिल्ला प्रवक्ता वेदब्रत दत्ता, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसकी नेत्री पापिया घोष, जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष आलोक चक्रवर्तीलगायत उपस्थित थिए। सिलगढीको बाघाजतीन पार्कबाट सुरु भएको जुलुस शहरका विभिन्न सडकहरूको परिक्रमा गर्दै बाहिरिएको थियो।