सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा कनकाई स्पोर्टिंग क्लब (नेपाल) च्याम्पियन भयो। स्थानीय खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा कनकाई स्पोर्टिंग क्लबले मिलन समिति, काेलकत्ता विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नीरज कार्कीले २ गोल गरे। यसबाहेक रोहन कार्की र मिलन राईले पनि १-१ गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः कनकाई स्पोर्टिंग क्लब, नेपाल
रनरअपः मिलन समिति, काेलकत्ता
प्लेयर अव् द टुर्नामेण्टः हेमन लिम्बु (कनकाई स्पोर्टिंग क्लब)
प्लेयर अव् द म्याचः रोहन कार्की (कनकाई स्पोर्टिंग क्लब)
बेस्ट गोलकीपरः योगेश धिमाल (कनकाई स्पोर्टिंग क्लब)
हाईएस्ट स्कोररः नीरज कार्की (कनकाई स्पोर्टिंग क्लब)
बेस्ट डिफेण्डरः रकी (मिलन समिति)