दुष्कर्मको आरोप लागेका पुलिस अधिकरीविरुद्ध सीपीआई(एम) को राजगञ्ज एरिया कमिटीद्वारा विरोध प्रदर्शन

IMG-20250112-WA0235

जलपाईगढी: दुष्कर्मको आरोप लागेका पुलिस अधिकारीलाई कडा सजायको माग गर्दै पुलिस चौकीमा जलपाईगढी जिल्लामा सीपीआई(एम) को राजगञ्ज एरिया कमिटीले ज्ञापनपत्र बुझाइएको छ। राजगञ्ज पुलिस चौकीका पुलिस अधिकारी सुब्रत गुणाविरुद्ध गणतान्त्रिक महिला समिति, डीवाईएफआई र एसएफआईले विरोध प्रदर्शन गर्यो। आरोपी पुलिस अधिकारी सिलगढीका बासिन्दा रहेको बताइएको छ। उनीविरुद्ध दुष्कर्मको उजुरी दायर गरेको छ। यस सन्दर्भमा गणतान्त्रिक महिला समितिकी नेतृ मरिना बेगमले भनिन्, ‘यस क्षेत्रमा पहिले पनि यस्ता घटनाहरू भएका छन्, तर पुलिस अधिकारीविरुद्ध यस्तो उजुरी परेको यो पहिलो पटक हो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement