उत्तर लोथाबारी ग्रामीण अस्पतालमा कोभिड अस्पताल निर्माण हुने

0-3ff9ecce-b51d-415f-95ff-4abff05b1052

कालचिनी: कालचिनी खण्डको एकमात्र उत्तर लोथाबारी ग्रामीण अस्पतालमा नयाँगरी कोभिड अस्पताल निर्माण हुने भएको छ। अलिपुरद्वार जिल्लाको वृहत खण्डमा पर्ने कालचिनी खण्डको उत्तर लोथाबारी ग्रामीण अस्पताललाई राज्य साधारण अस्पतालको मान्यता दिनुपर्ने माग उठिरहेको छl यसै क्रममा राज्यको स्वास्थ्य विभागले उत्तर लोथाबारी ग्रामीण अस्पतालको पछिल्तिर रहेको खाली जमीनमा २० बेडको कोभिड अस्पताल निर्माण गर्ने स्वीकृति दिएको छl यसको शिलान्यास आउँदो दुई तीन दिनभित्रै हुने जानकारी पनि अलिपुरद्वार जिल्ला स्वास्थ्य विभाग स्रोतबाट जानकारी प्राप्त भएको छ। उक्त नयाँ कोभिड अस्पतालको निम्ति सबै मापजोग भइसकेको छ भने यसको शिलान्यालगत्तै निर्माण कार्य थालिने स्वास्थ्य विभागको स्रोतले बताएको छ।

यता उत्तर लोथाबारी ग्रामीण अस्पतालमा यसरी अलग २० बेडको कोभिड अस्पताल निर्माण हुने कुराले कालचिनी खण्डको बासिन्दाहरुमा खुशीको लहर छाएको छl धेरै लामो समयसम्म कोभिड अस्पताल मात्र नभएर यो अस्पताल भवन विस्तारै साधारण रोगीहरुको निम्ति पनि खोलिने बारेमा कालचिनी खण्डको बासिन्दाहरु आश्वस्त भएका छन्। कोभिड रोगीहरुलाई कोभिड उपचारको निम्ति कालचिनीबाट प्रायः ५० किलोमीटर टाढ़ा तोपसीखाता स्थित आयुष कोभिड अस्पतालमा जान बाध्यताबाट छुट पाउने र छेवैमा कोभिड अस्पतालको सुविधा पाउने भएकोमा स्थानीय बासिन्दाहरुले हर्ष व्यक्त गरेका छन्। कालचिनी खण्डको एकमात्र ग्रामीण अस्पतालको दर्जा पाएको उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पहिलाको तुलनामा अहिले धेरै सुविधाहरु उपलब्ध भएको यद्यपि अहिले पनि आपतकालिन अवस्थामा रहेका रोगीहरुलाई राख्ने सुविधा र त्यस अनुसारको चिकित्सकहरु छैनन्। तथापि सरकारी चिकित्साको सुविधाभोग गरीब साथै असहाय रोगीहरुले यसै अस्पतालबाट पाइरहेको बताउँछन् मानिसहरु। बिस्तारै उत्तर लोथाबारी ग्रामीण अस्पतालको आधारभूत ढाँचाको विकास हुनेबारेमा पनि मानिसहरु आशावादी बनेका छन्l कोभिड अस्पताल निर्माणको क्रममा नै ग्रामीण अस्पतालको बार्दली र सेडको पनि निर्माण होस् भन्ने चाहान्छन् मानिसहरु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement