मिरिक पुटुङ ग्राम पञ्चायतका निर्दलीय सदस्य कृष्ण तामाङ भागोप्रमोमा सामेल

IMG-20250112-WA0259

निर्दलीय बसेर गाउँको विकास गर्नु सकिन्न तर बहुमत भएको पार्टीबाट जिताएको जनताको सेवा गर्न सकिन्छ: अनिता थापा

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको हातबाट झण्डा ग्रहण गरेर मिरिक पुटुङ ग्राम पञ्चायतका निर्दलिएीय सदस्य कृष्ण तामाङ भागोप्रमोमा सामेल भएका छन्। सामेल भएको समय आफ्नो छोटो सम्बोधनमा अनित थापाले तामाङलाई पार्टीमा स्वागत गर्दै भने, ‘पञ्चायत सदस्य हुनु चाहिँ गाउँको डाक्टर हुनु सरह हो। गाउँमा कसैलाई केही पर्यो भने उनीहरु पञ्चायत सदस्यकै घरमा पहिला पुग्छन्। पञ्चायत, नेतृत्व विकासको ठाउँ पनि हो। गाउँको विकासदेखि लिएर समस्या पनि यही ठाउँमा नै गर्नु सकिन्छ। पञ्चायत सदस्यकोमा धेरै शक्ति हुन्छ। जन्मको प्रमाण पत्रदेखि लिएर मृत्युको प्रमाण पत्रसम्म दिने अधिकार छ पञ्चायतलाई।
पञ्चायत चुनाव स्थानीय चुनाव हो। पार्टीले कहिले काहीँ गाउँले रुचाएको उम्मेदवार दिनु सक्दैन। त्यसैले निर्दलीय उम्मेदवार विजयी पनि हुन्छन्। निर्दलीय बसेर गाउँको विकास गर्नु सकिन्न। हाँगा समात्नु नै पर्छ। जहाँ बहुमत छ त्यहाँ पस्नु नै पर्छ। तब जिताएको जनताको सेवा गर्नु सकिन्छ। गाउँको विकास गर्नु सकिन्छ।

अनित थापाले अघि भने, ‘वर्तमान स्थानीय व्यवस्था अर्थात् पञ्चायती व्यवस्थामा बीजीपिएमको बहुमत छ। वर्तमान पञ्चायती व्यवस्था बीजीपिएम पार्टीको हातमा छ। तपाई आज बीजीपिएममा सामेल हुनु भयो। सही निर्णय लिनु भयो। स्वागत गर्दछु। गाउँको विकास मिलेर गर्नुहोस्।गाली गरेर केही हुनेवाला छैन। यस्तो प्रथा बिस्तारै बन्द हुँदैछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement