टिस्टा: जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देश साथै टिस्टा बाढ पीढीतहरूप्रति उनको सम्वेदनशीलताको फलस्वरूप आज टिस्टा भागोप्रमो शाखा, टिस्टा ग्राम पञ्चायत साथै पञ्चायत समितिको संयुक्त टोलीले बाढ पीढीतहरूको दीर्घ दिनको पुनः सर्वेक्षणको मांगलाई मध्ये नजर राखेर जीटीएको पक्षबाट आधिकारिक रुपमा एनएचपीसीलाई भेटेर पत्रचार गरेको छ। बाढ पीढीत पक्षले विगत वर्षदेखि नै पुन: सर्वेक्षणको मांग उठान गरिरहेता पनि यस दिशामा ठोस कार्य हुन सकेको थिएन। पीढीतहरूको समस्या र न्यायोचित मांगलाई जीटीएले सम्बोधन गर्दे यो पहल गरेको बताइएको। यसका साथै जीटीएद्वारा प्रेषित दोस्रो पत्रमा विगत वर्ष एनएचपीसीलाई पठाइएको टिस्टा रवि झोडादेखि टिस्टा गफूर बस्तीसम्मको सुरक्षा गारोको प्रस्ताव अनुरूप जीटीएलाई पैसा आवण्टन गरिदिने अपिल गरिएको छ।

जीटीए प्रमुख कार्यपालको उपस्थितिमा विविध प्रशासनिक एकाइ, एनएचपीसीको केही दिनभित्रमा संयुक्त सभापछि यस दिशामा कार्य अघि बढाइने आजको भेटले तय गरेको जानकारी प्राप्त भएको छ।










