ठगीको आरोपमा कोलकाता साइबर टीमले एकजना व्यक्तिलाई पक्रियो सिलगढीबाट

IMG_20220902_200319.jpg

सिलगढी: मेडिकल कलेजमा भर्ना गराइदिने नाममा ठगेको आरोपमा कोलकाता साइबर टीमले सिलगढीको मिलनपल्ली इलाकाबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सुमन्त गुप्ताको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सुमन्त गुप्ताले कोलकाताको एकजना छात्रालाई बिहार किशनगञ्जको मेडिकल कलेजमा भर्ना गराइदिने नाममा ३ लाख रुपियाँ लिएको आरोप रहेको छ। रुपियाँ लिएपछि छात्रालाई मेडिकल कलेजमा भर्ना नगराएपछि उक्त छात्राले २०२० मा कोलकाता साइबर पीएसमा अभियोग दर्ता गरेपछि साइबर टोलीले घटनाको जाँच शुरू गरेको थियो। लगभग डेढ़ वर्षपछि साइबर टीमले मोबाइल लोकेशन र गोप्य सूत्रको आधारमा हिजो मिलनपल्ली इलाकाबाट आरोपी सुमन्त गुप्तालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि कोलकाता साइबर टीमले आरोपीलाई ट्रान्जिट रिमान्डमा लिएर कोलकाता प्रस्थान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement