हात्तीको आक्रमणमा एक जना पुलिसको मृत्यु

IMG-20250112-WA0245

अलिपुरद्वार: हात्तीको आक्रमणमा एक जना पुलिस कर्मचारीको मृत्यु भएको छ। बिदामा घर आएका एक राज्य पुलिस हवल्दारलाई हात्तीको आक्रमणमा मृत्यु भएको छ। आइतबार बिहान अलिपुरद्वारको कालचिनी ब्लकको दक्षिण लताबारी गाउँमा दुर्घटना भएको हो। मृतक कन्स्टेबल सिन्टु टिग्गा (४५) दार्जीलिङ जिल्लामा तैनाथ थिए। उनका दाजु पिन्टु टिक्काले भने, “सिन्टु शनिबार दिउँसो आफ्नो गाउँको घर आएको थियो। राति खाना खाएपछि उनी सुत्न गए। आइतबार बिहान करिब ३ बजेतिर एउटा जङ्गली हात्तीले उनको शयनकक्ष माथिको नरिवलको रूख उखेलिदियो। उनी डराए र सम्पूर्ण परिवारसहित बाहिर निस्किए। त्यसपछि जङ्गली हात्तीले अर्को छिमेकीको घरमा आक्रमण गर्‍योl हामी दुवै दाजुभाईसँगै चिच्यायौं। मैले टर्चको चम्किलो प्रकाश हात्तीतिर देखाएँ। त्यसपछि हात्ती रिसाएर हामीतिर आयो। भाग्ने क्रममा सिन्टु भुइँमा लड्यो र हात्तीले उसलाई कुल्चिएर मार्यो। हाम्रै आँखा अगाडि हात्तीले मेरो भाईलाई कुल्चेर मार्यो। तर मैले बचाउन सकिन।” घटनाको जानकारी पाउने बित्तिकै बक्सा बाघ परियोजना पश्चिमको निमाटी रेन्जका वनकर्मीहरू घटनास्थलमा पुगे। कालचिनी पुलिस चौकीले शवलाई पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाएको छ। वन विभागले सरकारी नियमअनुसार मृतक पुलिसको परिवारलाई ५ लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। जिल्ला पुलिस अधीक्षक वाई रघुबामाशीले भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण घटना हो। हामी ती पुलिसको परिवारलाई हरसम्भव सहयोग गर्नेछौं।‘‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement