पिजनले एक्सक्लूसिभ स्टोर फ्रेन्चाइज मोडेलसहित उडान भर्यो

PIC

कोलकाता: भारतको प्रमुख होम, किचन र लाइटिङ समाधान प्रदान गर्ने कम्पनी स्टोवक्राफ्टले आफ्ना प्रमुख ब्राण्ड- पिजनका साथ अद्वितीय फ्रेन्चाइज अवसर घोषणा गरेको छ। यो अवसर विशेष गरी रिटेल क्षेत्रमा समावेश हुन चाहने इच्छुक उद्यमीहरूलाई लक्षित गरी प्रस्तुत गरिएको छ। यसले शून्य पुँजीगत खर्च (सीओएफओ) मोडेल र फ्रेन्चाइज स्वामित्व र सञ्चालन (एफओएफओ) मोडेलमार्फत रिटेल बजारमा न्यूनतम जोखिमसहित लाभप्रदता बढाउन मद्दत गर्ने उद्देश्य राखेको छ। पिजन फ्रेन्चाइज मोडेल अत्यन्त आकर्षक प्रस्ताव हो जसले फ्रेन्चाइज मालिकहरूलाई दुई वर्षभित्रै लगानीको पुनःप्राप्ति गर्ने सम्भावना प्रदान गर्दछ। यसका लागि साधारण लगानी र आय संरचना तयार गरिएको छ। स्टोरको इन्टेरियर, फर्निचर वा ब्रान्डिङका लागि कुनै वा अत्यन्त न्यून अग्रिम लगानीको आवश्यकता पर्दैन, र सबै स्टक कन्साइनमेन्ट आधारमा उपलब्ध गराइन्छ। यसले कम वा शून्य जोखिममा रिटेल क्षेत्रमा प्रवेश सुनिश्चित गर्दछ। कम्पनीले फ्रेन्चाइज मालिकहरूलाई सम्पत्ति चयन, स्टाफ तालिम, डिजिटल अभियानहरूसहितको व्यापक ३६० डिग्री मार्केटिङ प्रयासहरूमा समर्थन पनि प्रदान गर्छ। यो मोडेल विशेष गरी महिला उद्यमीहरूलाई सशक्त बनाउन केन्द्रित छ, जसले वित्तीय स्वतन्त्रतालाई प्रोत्साहन गर्छ र सफल व्यवस्थापनका लागि आवश्यक सहयोग प्रदान गर्दछ।

स्टोवक्राफ्ट लिमिटेडका प्रबन्ध निर्देशक राजेन्द्र गान्धीले भने, “पिजनको फ्रेन्चाइज मोडेल हाम्रो उद्यमीहरूलाई सशक्त पार्न र हाम्रो ब्राण्डको उपस्थिति देशभर विस्तार गर्न प्रतिबद्धता जनाउने संकेत हो।” उनले थपे, “शून्य/न्यून पुँजी खर्च र उच्च मुनाफाका अवसरहरू प्रस्तुत गरेर, हाम्रो उद्देश्य व्यापार स्वामित्वलाई पहुँचयोग्य बनाउनु हो, साथै पिजनको पहुँच देशभर विस्तार गर्नु हो। हामी मिलेर प्रत्येक भारतीय घरमा नविन र किफायती किचन समाधान ल्याउन सक्छौं। ग्राहक अनुभव, उत्पादन गुणस्तर, र ब्राण्ड उत्कृष्टतामा केन्द्रित पिजनको फ्रेन्चाइज मोडेलले सफल व्यापार स्थापना गर्न चाहने व्यक्तिहरूका लागि एक आकर्षक अवसर प्रदान गर्दछ। फ्रेन्चाइज मालिकहरूले चाँडै नै ब्रेकइभनमा पुग्न र निरन्तर लाभप्रदता हासिल गर्नसक्ने सम्भावना रहन्छ।‘‘ स्टोवक्राफ्ट लिमिटेडका चीफ ग्रोथ अफिसर मयंक गुप्ताले यस पहलप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “पिजन फ्रेन्चाइज अवसर केवल एक व्यापार मोडेल होइन, यो साझेदारी हो। हामी इच्छुक उद्यमीहरूलाई सफल रिटेल व्यापार निर्माणका लागि आवश्यक उपकरण, मार्गदर्शन र समर्थन प्रदान गर्दैछौं। हाम्रो लक्ष्य असाधारण ग्राहक अनुभव सुनिश्चित गर्दै सफल र दिगो व्यापार निर्माण गर्नु हो। यसका साथ, हामी किचन समाधान उद्योगमा नयाँ मानक स्थापना गर्दैछौं।”

पिजनले जुन २०२२ मा पहिलो स्टोर खोलेको थियो र १४ महिनाभन्दा कम समयमै आफ्नो १००औँ स्टोरको माइलस्टोनमा पुगेको थियो। हाल, कम्पनीले देशभर २२७ स्टोर गर्वका साथ सञ्चालन गरिरहेको छ। यस पहलमार्फत, पिजनले नयाँ शहरहरूमा आफ्नो उपस्थिति विस्तार गर्न र व्यक्तिहरूलाई व्यवसाय मालिकका रूपमा सफलता हासिल गर्न सशक्त बनाउन चाहन्छ।

थप जानकारीका लागि वा पिजन फ्रेन्चाइज साझेदार बन्ने रुचि व्यक्त गर्न कृपया https://stovekraft.com/pigeon-franchise/ मा जानुहोस् वा +९१ ६३६६९९१२२२ मा सम्पर्क गर्नुहोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement