नयाँ दिल्ली: विश्व एथलेटिक्सका अध्यक्ष सेबेस्टियन को-ले ओलम्पिक च्याम्पियन नीरज चोपड़ाको सहायताले मईमा भारतमा आयोजित गरिने वैश्विक ज्याभलिन थ्रो प्रतियोगिताको समर्थन गरेका छन्। सेबेस्टियनले बताएअनुसार, यो टुर्नामेण्टले भारतको स्वर्ण स्तरको एथलेटिक्स पप्रतियोगिताहरू आयोजन गर्ने क्षमतालाई प्रदर्शित गर्नमा सहायता गर्नेछ। सेबेस्टियनले भने, विश्व एथलेटिक्स यस नयाँ टुर्नामेण्टलाई समर्थन गरेर खुशी छ कारण यसले भारतका खेलप्रेमीले आफ्ना नायकहरूलाई घरेलु माटोमा देख्न सक्नेछन्। यसले विश्वलाई भारतको स्वर्ण स्तरको स्पर्धाहरू आयोजन गर्ने क्षमताबारे पनि पत्तो लाग्नेछ। उल्लेखनीय छ, विश्व एथलेटिक्सद्वारा मान्यताप्राप्त महाद्वीपीय टूरको ज्याभलिन थ्रो प्रतियोगितामा हिस्सा लिने शीर्ष एथलीटहरूमा नीरज पनि सामेल हुनेछन्। यस वैश्विक टुर्नामेण्टको आयोजन स्थलबारे चाहिँ अहिलेसम्म केही तय भएको छैन तर यसमा विश्वका केही शीर्ष पुरुष र महिला ज्याभलिन थ्रो एथलीटहरूलाई भारतमा पहिलोपल्ट प्रतिस्पर्धा गरिरहेको देखिनेछ। नीरजले जेएसडब्ल्यू स्पोर्ट्स र भारतीय एथलेटिक्स महासंघ (एएफआई)-सँग मिलेर यस प्रतियोगितालाई देशमा ल्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नीरजले एउटा बयानमा भनेका छन्, भारतमा एउटा विश्व स्तरीय ज्याभलिन थ्रो प्रतियोगिता आयोजन गर्ने मेरो सपना रहेको छ। जेएसडब्ल्यू स्पोर्ट्स र एएफआई-को सहायताले हामी त्यस सपनालाई साकार गरिरहेका छौं। दुईपल्टका ओलम्पिक पदक विजेताले भने, मेरा साथी एथलीट र भारतका खेलप्रेमीहरूले यस टुर्नामेण्टलाई यादगार बनाउने मलाई विश्वास छ। हामी यस प्रतियोगितालाई कतिको भव्य गर्न सक्नेछौं भन्ने हेर्न म उत्साहित छु। भारतमा हुने यस वैश्विक प्रतियोगिताको अहिलेसम्म विश्व एथलेटिक्सको महाद्वीपीय टूर क्यालेण्डरमा चाहिँ उल्लेख गरिएको छैन तर वैश्विक संस्थाको समर्थनले गर्दा यसलाई चाँड़ै क्यालेण्डरमा सामेल गरिने सम्भावना छ। प्रतियोगिताको आयोजन कहिले हुनेछ भन्ने हेर्नु रोचक हुनेछ कारण डायमण्ड लीगमा पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धा १६ मईमा दोहामा हुनेछ।