लाहौर: खुट्टाको चोटले गर्दा नियमित ओपनिंग ब्याटर सईम अयूब बाहिर रहेको हुनाले पाकिस्तानले वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजको निम्ति ओपनिंग ब्याटर इमाम उल हकलाई टीममा स्थान दिएको छ। पाकिस्तान क्रिकेट बोर्डद्वारा घोषित १५ सदस्यीय टीममा इमामलाई अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने) पेस बलर काशिफ अलीको साथमा सामेल गरिएको छ। इमामले अन्तिमपल्ट २०२३-२४-मा पाकिस्तानको नि्मति अष्ट्रेलियामा टेस्ट म्याच खेलेका थिए। चयनकर्ताहरूले अब्दुल्ला शफीकलाई बाहिर गरेका छन्, जसले टेस्ट र वनडेमा सईमको साथ नियमित रूपमा ईनिंग्सको शुरुवात गरिरहेका थिए तर हालै अष्ट्रेलिया, जिम्बाब्वे र दक्षिण अफ्रिका यात्रामा उनलाई फर्ममा देखिएन। चयनकर्ताहरूले स्पिनर नोमान अली र साजिद खानलाई पनि टीममा स्थान दिएका छन्, जसले गत वर्ष ईंग्ल्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा २-१-को जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसपछि यी दुईजना टीमबाट बाहिर रहेका थिए। पाकिस्तान टीममा अबरार अहमदको रूपमा तेस्रो विशेषज्ञ स्पिनर पनि सामेल गरिएको छ। यसले सीरीजमा स्पिन बलिंग सहायक पीच तयार गरिने पनि तय भएको छ। वेष्ट इण्डिजले पाकिस्तानमा १८ सालपछि टेस्ट म्याच खेल्नेछ।
पाकिस्तानको टेस्ट टीम यसप्रकार छः
शान मसूद (कप्तान), सऊद शकील (उपकप्तान), बाबर आजम, मोहम्मद रिजवान, इमाम उल हक, कामरान गुलाम, मोहम्मद हुरैरा, रोहेल नजीर, नोमान अली, साजिद खान, अबरार अहमद, सलमान अली आदा, मोहम्मद अली, खुर्रुन शहजाद, काशिफ अली