‘हिमालयन फोक फेस्टिभल’ मा मुख्यमन्त्री सहभागी

n647213220173661973675599cee4817510e4506bbf675a0dfcdcec314120d86f1465fd1737be7ac090de4b

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिलगढीमा आयोजित हिमालयन फोक फेस्टिभलमा सहभागी बने। जातीय संगीत, संस्कृति र सम्पदाको तीन दिने उत्सवमा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।
उक्त कार्यक्रम तीन महिना लामो हिमालयन जातीय गायन प्रतियोगिताको समापन थियो, जसमा पश्चिम बंगालको टोटोपाराका सोनी टोटो विजेता भए। यसैगरी, नेपालको इलामकी फुटी शेर्पा प्रथम उपविजेता र हिमाचल प्रदेशका सरनु राम दोस्रो उपविजेता भए।
कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा स्वर्गीय अभिचन्द्र मोथेद्वारा लिखित पुस्तक ‘मौरी’ विमोचन गरियो। कार्यक्रममा मुख्यमन्त्री तामाङको अवधारणा (अडियो भिडियो) ‘मेरो रुख मेरो सन्तति’ को परिचय पनि प्रस्तुत गरिएको थियो।
‘वरणमाला परिवार’ ले मुख्यमन्त्री प्रेमसिंह तामाङ, उगेन छोपेल, मोहन राई, थेन्डुप नर्बु, गर्जन कुमार मल्लिक, नरेन्द्र कुमार तामाङ, रमेश छेत्री, बिके प्रधान, म्याट कीगन र वरणमाला परिवारका गायकहरूलाई सम्मान जनायो।
वारणामाला परिवारका संस्थापक, क्रस कल्चरल द थ्री सीज ब्यान्डका सदस्य तथा द हिमालयन फोक फेस्टिभलका आयोजक देवाशिष मोथेले मुख्यमन्त्रीलाई उनको मार्गदर्शन र समर्थनको निम्ति धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement