१०औ मुख्यमन्त्री स्वर्ण कप: जर्ज टेलिग्राफ कोलकाता विजयी

n6472299591736619411269fda58304d1ba76aba1d7b3687ac07d90e01eaefef11f77a5e7e39a48cabaa93a

नाम्ची: १०औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप टुर्नामेन्ट नाम्चीमा समपन्न भइरहेको छ।आज समपन्न तेस्रो खेलमा नाम्ची युनाइटेड बनाम जर्ज टेलिग्राफ कोलकाताबीच सम्पन्न भयो।आजको यस कार्यक्रममा राज्यका कृषि एवम् वागवानी विभाग मन्त्री पुरण कुमार गुरूङ मुख्य अतिथि र राज्यको शहरी विकास विभाग मन्त्री भोजराज राई विशिष्ठ अतिथिकोरूपमा सामेल रहेका थिए।
आजको यस प्रतियोगितामा निर्धारित समयसम्म परिणाम नआएपछि अन्ततः खेल टाई ब्रेकरमा परिणत भएको थियो, जसमा जर्ज टेलिग्राफ विजयी बन्यो। यस प्रतियोगितामा विजयी दलका खेलाडी राजेन उराँउलाई म्यान अफ् द म्याच घोषित गरियो। उल्लेखनीय छ, मुख्यमन्त्री गोल्ड कप प्रतियोगिता अखिल भारतीय फुटबल महासंघले तोकेका दिशानिर्देशहरूको पालना गर्दै आयोजना गरिरहेको छ भने यो प्रतियोगिता एआईएफएफ लिगहरूको हिस्सा बनेको बताइएको छ। यस प्रतियोगिताको आयोजना नाम्ची जिल्ला फुटबल संघले खेलकूद तथा युवा मामिला विभाग, सिक्किम फुटबल संघ र माघे संक्रान्ति मेला आयोजक समितिको सहकार्यमा गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement