केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द रायले समीक्षा बैठकमा भाग​ लिए

n6472132211736619170281e22d54670083644438ab794624f7b76adb6ed06380ab12bb24b774c0746b66e9

पाकिम: आज आफ्नो तीन दिवसीय भ्रमणको अन्तिम दिन केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द रायले पाकिम जिल्लाको रुअर्वन कम्प्लेक्समा जिल्लाका अधिकारीहरूसॅंग आयोजित समीक्षा बैठकमा भाग लिए।
बैठक केन्द्रिय प्रायोजित योजनाहरूसँग सहकार्य प्रयास र रणनीतिहरू मार्फत स्थानीय विकास र शासनलाई सुदृढ पार्नमा केन्द्रित थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय राज्यमन्त्री रायले दोस्रोपल्ट सिक्किम भ्रमणमा आएको जानकारी गराउॅंदै सिक्किमेली जनताको विनम्रताको प्रशंसा गरे। उनले केन्द्रिय प्रायोजित योजनाहरूको महत्त्वलाई जोड दिॅंदै अधिकारीहरूलाई यी पहलहरू सकेसम्म धेरै व्यक्तिहरूसम्म पुऱ्याउन र लक्ष्यहरू पूरा गर्न लगनशीलताका साथ काम गर्न आग्रह गरे।
उनले राज्यबाट क्षयरोग उन्मूलन गर्ने उपायहरूमा जोड दिँदै जनतालाई यस्ता योजनाहरूको बारेमा बढी सक्रिय सहभागिताको लागि जागरूकता जगाउन प्रोत्साहित गरे। उनले जिल्लाका चुनौतीहरू उच्च अधिकारीहरूलाई उजागर गर्ने र सम्बोधन नगरिएका समस्याहरूको समाधान ल्याउन सहजीकरण गर्ने आश्वासन दिए।
यसअघि, राज्यमन्त्री रायले विभिन्न जैविक साग सब्जी र उत्पादनहरू प्रदर्शन गरिएका स्टलहरूको पनि भ्रमण गरे। उनले विक्रेताहरूसँग कुराकानी गरे भने क्षेत्रको कृषि अभ्यासहरूको बारेमा जानकारी प्राप्त गरे।
पाकिमका जिल्लापाल रोहन अगवानेले जिल्लाको बारेमा जानकारी प्रस्तुत गर्दै जिल्लाका विभिन्न उपलब्धिहरू र हाल प्रगतिमा रहेका परियोजनाहरूको रूपरेखा प्रस्तुत गरे। उनले जिल्लाले स्थापना भएदेखि हासिल गरेका कोसेढुङ्गाहरूमाथि प्रकाश पार्दै जिल्लाको विकासको लागि कार्यान्वयन भइरहेका पहलहरूको बारेमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement