गान्तोक: उत्तर प्रदेशको बरेलीमा आयोजना हुने आठौं एलिट मेन नेशनल बक्सिङ च्याम्पियनशिप २०२५ मा सिक्किमका सात बक्सरले भाग लिइरहेका छन्। राष्ट्रिय स्तरको उक्त प्रतियोगिता गत ७ जनवरीदेखि सुरू भएको हो र आगामी १३ जनवरीसम्म चल्नेछ।
सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनका अनुसार, उक्त च्याम्पियनशिपमा सिक्किमका कृष्ण कैलाश-५० किलो, रामलाल मुन्डा-५५ किलो, प्रविण छेत्री-६० किलो, समीर राई-६५ किलो, माहिर तामाङ-७० किलो, छितेन लेप्चा-७५ किलो र सिद्धान्त छेत्री-८५ किलो वर्गमा भाग लिएका छन्। प्रविण लिम्बू र भीम बहादुर लिम्बूलाई क्रमश: कोच र प्रबन्धक नियुक्त गरिएको छ।
सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनले राज्यस्तरीय टोलीलाई टुर्नामेन्टको निम्ति शुभकामना व्यक्त गरेको छ।