राज्यका दुई यूवा खेलाड़ी इस्ट बेङ्गल र मोहमोडन स्पोर्टिङ क्लबमा सामेल

IMG-20250111-WA0302

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्गदर्शनमा वर्तमान एसकेएम सरकारले खेलप्रति विशेष पहल गर्दै राज्यका खेलाडीहरूको प्रोत्साहन हेतु अनैकौं खेल पुर्वाधारहरू निर्माण गरिरहेको छ भने सिक्किम राज्यका प्रतिभाशाली युवा खेलाडीहरू अहिले भारतका केही शीर्ष फूटबल क्लबहरूमा सामेल भइरहेका छन्। यसै क्रममा सिक्किमका दुई प्रतिभावान फूटबल खेलाडीहरू १७ बर्षीय रापगे लेप्चा र १८ बर्षीय फुङहाङ सुब्बा क्रमैले ईस्ट बेङ्गल र मोहम्डन स्पोर्टिङ क्लबसित आवद्व भएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा तथा एसकेएम पार्टी गेजिङ जिल्लाका पुर्व सङ्गठन सचिव लोकेन्द्र गुरुङको पहलमा यी खेलाडीहरू अहिले कोलकोत्ता स्थित ईस्ट बेङ्गल क्लबमा प्रशिक्षण लिईरहेका छन्।
सिक्किमका यी प्रतिभाशाली खेलाडीहरू भारतकै प्रतिष्ठित फूटबल क्लबहरूमा छनौट भएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक शुभेच्छा व्यक्त गर्दै आफ्नो तर्फबाट केही खेल सामग्रीहरू उपहार स्वरूप प्रदान गरेको छ। मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले यी सामग्रीहरू कोलकोत्ता पुगेर खेलाडीहरूलाई हस्तान्तरण गरे।
पत्रकारहरूसँग कुरा गर्दै यी खेलाडीहरूले राज्यमा खेलको निम्ति विशेष पहल र प्रोत्साहनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै आफूहरूले कठोर परिश्रमका साथ राज्यको नाम रोशन गर्न आफ्नो पक्षबाट उत्कृष्ट प्रयास गर्ने प्रतिवद्वता पनि जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement