लामो समयदेखि बन्द दाथोङ-ढाँड़े गाउँ सड़क खोलियो

IMG-20250111-WA0301

गेजिङ: दाथोङदेखि ढाँडे गाउँसम्मको सडक पुन: सञ्चालनमा आएपछि स्थानीयबासीले खुशी व्यक्त गरेका छन्। धेरै वर्ष बर्षाको कारण बन्द रहेको दाथोङदेखि ढाँडे गाउँसम्मको सडकले जनतालाई बारम्बार समस्यामा पार्दजै आएको थियो। गेजिङ जिल्लाको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेश कुमार सुब्बाले आफ्नो पहलमा मसीन लगाएर सडक मरम्मत कार्य शुरु गरेका थिए। स्थानीयको मेहनत र विधायकको सक्रियताका कारण आजदेखि यो रोड खुल्ला गरिएको छ स्थानीयले खुसी जाहेर गरेका छन्। यस अवसरमा २३ सोपाखा ग्राम पञ्चायत इकाईअन्तर्गत ढाँडे गाउँ वार्डका पञ्चायत सदस्य सविना गुरुङ तथा स्थानीय जनताले राज्य सरकारको सम्बन्धित निकायलाई धन्यवाद प्रकटच गरेका छन्। यो कदमले यस क्षेत्रका बासिन्दाहरूलाई ठूलो राहत मिलेको भनाइ छ र यातायात तथा जनजीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। स्थानीय जनताले सरकार र क्षेत्रीय नेतृत्वको पहलको खुलेर प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement