सिक्किममा पहिलोपल्ट बर्ड गाइड प्रशिक्षण सम्पन्न

IMG-20250111-WA0300

गान्तोक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागअन्तर्गत चेम्चेस्थित भारतीय हिमालयन साहसिक तथा इको टुरिज्म केन्द्रमा १५ दिवसीय बर्ड गाइड तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम कार्यक्रम सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा सञ्चालन गरिएको हो। विभागले प्रशिक्षित विशेषज्ञहरुलाई ल्याएर तालिम दिने र बर्ड गाइड लाइसेन्स प्रदान गर्ने काम शुरु गरेको छ। समापन कार्यक्रममा नाम्ची जिल्लाको चेम्चेका प्रभारी राजीव राई, उपनिर्देशक मनोज कृष्ण छेत्री, सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका उपनिर्देशक लामिन थीङ उपस्थित थिए। १५ दिन लामो यस तालिममा प्रशिक्षार्थीहरूले सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक जानकारी पनि हासिल गरेका थिए। प्रशिक्षार्थीहरूलाई फिल्ड भ्रमणका लागि चेम्चे वरपरका, तेन्डोङ, मैनाम, लप्पानचर रोङटोङ, सिंघिक र युमथाङ लगिएको थियो। क्षेत्र भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले २५१ भन्दा बढी विभिन्न प्रजातिका चराहरूको अवलोकन गर्ने अवसर पाएका छन्। य़ डा. पिटर लोबो, छेवाङ बोन्पो र दिब्यन्दु आश लगायत धेरै स्रोतवक्ताहरूको उपस्थितिमा भएको यो कार्यक्रम देशकै पहिलो हो। विभागले चेम्चेमा २१ जना चरा गाइडहरूको पहिलो ब्याच तयार गरेको छ। प्रशिक्षित गाइडहरूलाई लग बुक पनि प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement