मंगन: मंगन जिल्लाको जड्गु निर्वाचन क्षेत्रअन्तर्गत नाम्प्रिकदाङमा आयोजित राज्यस्तरीय नाम्प्रिकदाङ नामसुङ पर्वको आज दोस्रो दिनको कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। नाम्प्रिकदाङ नामसुङ समारोह समितिको पहलमा आयोजित कायक्रममा उत्तर जिल्लाका जिल्लापाल अन्नत जैन, पुलिस अधिक्षक सोनम देट्छु लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा मुख्य अतिथि मन्त्री लेप्चाले स्टलहरूको निरीक्षण गरे, जहाँ परम्परागत वस्तुहरू, स्थानीय हस्तकला र प्रामाणिक खानाहरू प्रदर्शन गरिएका थिए, जसले यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको थियो।
दोस्रो दिनको कार्यक्रमको प्रमुख आकर्षण अन्तर-समुदाय सांस्कृतिक प्रदर्शन रेहको थियो जसमा लेप्चा, भोटिया र नेपाली समुदायका जीवन्त आदिवासी नृत्य र सङ्गीतमय प्रदर्शनहरूलाई एकताको सुत्रमा बाँध्ने सन्देश दिएको थियो।
उल्लेखनीय छ, आज नै वर्ष २०२३ मा आएको बाढी पछि उनीहरूको असाधारण योगदान र कामको लागि विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्न एउटा सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो।