दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा जर्जियन फूटबल क्लबले सजिलै क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। शनिवार भएको म्याचमा जर्जियन फूटबल क्लबले लीजेण्ड्स फूटबल एकाडमी विरुद्ध ६-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट कुञ्जमान थापा ले ह्याट्रिक गरे। यसबाहेक मिंगमा शेर्पा, नोएल सेवा र प्रशान्त ले १-१ गोल गरे। कुञ्जमान थापा ले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आयुनाइटेड दार्जीलिङउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।