उत्तरपश्चिमी कोलम्बियामा विमान दुर्घटना: १० जनाको मृत्यु

00-1-Colombia-Plane

उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन्। प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधबार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ। सो विमानमा चालक दलका दुई सदस्य र आठ जना यात्रु सवार थिए। एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने, ‘दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन्। हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन्। प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ। हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौंl’ प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement