लामा गाउँ गोल्ड कपः कञ्चनजंघा फूटबल क्लब (केएफसी) को आरामदायक जीत

Screenshot_20250111_193247_FotoCollage Maker

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) ले चरम एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार भएको म्याचमा केएफसीले वाईवाई पाँचथर (नेपाल)-विरुद्ध ९-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट लाक्पा पाख्रिन र प्रज्वल राईले ह्याट्रिक गरे। यसबाहेक प्रणेश प्रधानले २ र अमन गुरुङले १ गोल गरे। लाक्पा पाख्रिन ले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement