आठवटा प्रश्नहरु लिएर शिक्षा विभागको दार्जीलिङस्थित लुईस जुब्ली पुगे खरसाङका भाजपा विधायक बीपी बजगाईं

IMG-20220902-WA0132.jpg

दार्जिलिङ: आज भारतीय जनता पार्टी खरसाङको विधायक बीपी बजगाईं आठवटा प्रश्नहरुले समेटिएको एक पत्र बोकेर दार्जीलिङस्थित लुईस जुब्ली पुगेर पुगेका थिए। उक्त पत्र उनले लुईस जुब्ली कार्यालयमा बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले उक्त प्रश्नहरु समेटिएको पत्रबारे स्पष्टीकरण दिन्दै पश्चिम बंगाल सरकारद्वारा जारी गरिएको शिक्षा विभागप्रति एक नोटिफिकेसनको शिक्षा विभागले जिम्मा नलिएपछि विधायकले लुईसजुब्लीस्थित शिक्षा विभाग प्रमुखप्रति लिखित ८ वटा प्रश्नहरू राखेको दावी ‌गरेका छन्। यसको साथै उनले आफुले राखेको प्रश्नको जवाब पनि चाडो दिनुपर्ने मांग गरेका छन्। उनले अघि बोल्दै भने, हाल पहाडको विभिन्न विद्यालयहरुमा सम्पन्न भईरहेको विद्यालय प्रबन्धन समितिको चुनाव पनि जीटीएले हठात् रोक्ने काम गरेका छन्। यस्तो किन गरिरहेको छ यो विषयमा आफु अचम्भित रहेकोले यसको पनि उत्तर उनले पर्खेर बसेको बताए। उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडमा आफुले जे चाहन्छ जस्तो प्रकारले पहाडलाई नचाउन खोज्छ तेस्तै प्रकारले नचाईरहेको आरोप लगाएका छन्। उनले संविधान अनि कानूनदेखि बाहिर गएर बलजफ्ती पहाडमा आफ्नो मनमानी गरिरहेको बताए। यसको साथै ईडी अनि सीबीआईको प्रसङ्गमा उनले यदि दार्जीलिङ पहाड देशको अभिन्न अंग हो भने यहाँ पनि देशकै संविधान र कानुन चल्छ भने अवश्यै पनि यहा ईडी र सीबीआई भित्रिने बताए। विधायक बीपी बजगाईले हाल जसले आफूलाई पहाडमा अवैध शिक्षक नियुक्तिमाथि चालेको कदमलाई आगामी २०२४ को चुनावको निम्ति कसरत हो भनिरहेका छन् वास्तवमा उनीहरु नै अवैध शिक्षक नियुक्ति काण्डमा लिप्त रहेको अनि दोषी भएको ठहर गरेका छन् ।
विधायकले अघि भने, आफुलाई जनताले मतदान दिएर बिजय बनाएकोले आफुले अहिले जनता कै न्यायको निम्ति कार्य गरिरहेको दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement