इम्फाल(मणिपुर): मणिपुर पुलिस र ३८ असम राइफल्सले जिरीबाम जिल्लाको बरोबेकरा थाना अन्तर्गत तुइसोलें गाउँ नजिक बराक नदीको किनारबाट हमार पीपुल्स कन्भेन्शन (डेमोक्रेटिक)-का सक्रिय कार्यकर्ता लुंगथुइलियन गाँउ, फेरजल जिल्ला निवासी ४८ बर्षीय लालचुइलोलाई पक्राउ गरिएको छ।
पक्राउ पर्ने व्यक्तिको साथबाट २० विस्फोटक स्टिक्स, ११ डेटोनेटर, १ मीटर सेफ्टी फ्यूजर ४४ साबुन क्याप्समा पाउडर (सम्भावित रूपमा ४५७ ग्राम ब्राउन शुगर) जफत गरिएको छ। पुलिसले घटना को जाँच गरिरहेको छ।