भरत तामाङ इण्डियन गोर्खा जनशक्ति फ्रण्टका बिजनबारी खण्ड समितिका प्रमुख संयोजक चयन

IMG-20250111-WA0249

बिजनबारी: भरत तामाङ इण्डियन गोर्खा जनशक्ति फ्रण्टका बिजनबारी खण्ड समितिका प्रमुख संयोजक चयन भएका छन्। बिजनबारी सार्वजनिक भवनमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको बिजनबारी ब्लक समितिको गठन हेतु आपतकालीन सभा तथा कार्यक्रम आयोजना गरियो। उक्त सभा पुरण तामाङको अध्यक्षतामा सम्पन्न गरिएको छ।उक्त सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अस्थायी केन्द्रीय समितिका प्रवक्ता साथै सभासद जितेन राई लगायत प्रकाश गुरुङ, सभासद प्रतिम सुब्बा, पुरण तामाङको प्रतिनिधित्वमा सम्पन्न गरियो।उक्त सभाले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको अस्थायी बिजनबारी ब्लक समिति गठन गरिने निर्णय गरियो। आगामी दिनमा अझ दह्रिलो बिजनबारी खण्ड समितिको गठन गरिने निर्णय सभाद्वारा पारित गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभाद्वारा बिजनबारी खण्ड समितिका प्रमुख संयोजकको रुपमा भरत तामाङलाई सर्व सम्मतिद्वारा चयनित गरिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *