एक छ्या न्युङ्ने व्रत हुने

IMG-20250111-WA0247

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतेलिन छिरिङ गुम्बामा चार दिवसीय एक छ्या न्युङ्ने आयोजना गरिने भएको छ। यस विषयमा आज बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतेलिन छिरिङ गुम्बामा‌ एक सभा बसेर आगामी १७, १८, १९ र २० जनवरीमा एक छ्या न्युङ्ने आयोजना गरिने जानकारी प्राप्त भएको छ। उक्त चार दिवसीय एक छ्या न्युङ्ने अन्तर्गत १७ जनवरीको बेलुकादेखि गुम्बामा न्युङ्ने व्रत बस्न सकिने जानकारी गराउँदै १७ जनवरीदेखि गुम्बामा शएर न्युङ्ने व्रत बसिदिने अनुरोध न्युङ्ने व्रत आयोजना समितिको सभापति दावा वाङ्दी लामाले आह्वान् गरेका छन्। उनले उक्त एक छ्या न्युङ्ने व्रत तेञ्जिङ म्हेम्हेको अगुवाईमा आयोजना गरिने तथा वयोवृद्ध म्हेम्हे स्याङ्देन म्हेम्हे (चन्द्रवीर लामा) को विशेष उपस्थितिमा‌ आयोजना गरिने भएको छ। उनले उक्त चार दिवसीय एक छ्या न्युङ्ने व्रतमा सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।

About Author

Advertisement