कलियाबारमा सड़क दुर्घटना हुदा तीन श्रमिकको मृत्यु, पन्ध्र जना घाइते

IMG-20240621-WA0012

नगाउँ (असम): नगाउँ जिल्ला अन्तर्गत कलियाबरको आमनी क्षेत्रमा गए शुक्रवार राति भएको सड़क दुर्घटनामा तीन जना श्रमिकहरूको घटनास्थलमै मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार श्रमिकहरूलाई लिएर गइरहेको गाड़ी ट्रकसँग ठोक्किएको कारणले दुर्घटना भएको हो।
दुर्घटनामा पिकअप भ्यानमा सवार १५ जना श्रमिकहरू गम्भीर रूपमा घाइते भएका छन। घाइतेहरूलाई कलियाबर उपमण्डल सिभिल अस्पताल, सामगुरी तथा तेजपुरमा भर्ना गरिएको छ।
प्रत्यक्षदर्शीका अनुसार पिकअप भ्यानमा सवार १८ जना श्रमिकहरू निर्माण कार्यपछि नगाउँ फर्किरहेका थिए। सोही समय पछिबाट आइरहेको तिब्र गतिमा आइरहेको ट्रकले भ्यानलाई ठक्कर दिदा भ्यान सड़क किनारमा पल्टिएर दुर्घटना भएको छ। दुर्घटनामा जियारुल इस्लाम, असमद अलीर किबिया आलमको घटनास्थलमै मृत्यु भयो। मृत श्रमिकहरू सामगुरीको मोवामारी क्षेत्रका बासिन्दा हुन्। यस दुर्घटनाको कारण अहिले सो क्षेत्रका बासिन्दाहरु शोकमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement