खरसाङ: तीनधारे महानदी समष्टिमा जीटीए आईडलको अडिशन आगामी २३ जनवरीमा हुने भएको छ। उक्त अडिशनकाई ध्यानमा राखेर आज तीनधारे महानदी समष्टिको प्रतिनिधिहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभामा जीटीए आईडलको अडिशनको लागि तीनधारे महानदी समष्टि स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति कर्म मोक्तान र सचिव युवराज सुन्दास चयन भएका छन्। यसको साथै तीनधारे महानदी समष्टिको २२ वटै बुथका प्रतिनिधिहरु र यस क्षेत्रका गायक संगीतकारहरुलाई लिएर कमिटी गठन गरिएको छ। उक्त कमिटीको मार्ग निर्देशनमा तीनधारे महानदी समष्टिमा जीटीए आईडलको अडिशन आगामी २३ जनवरीको दिन तीनधारेको महात्मा गाँधी हलमा बिहान १० बजेदेखि आयोजना गर्ने गरिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै आजदेखि नै फारम वितरण गर्न शुरु गरिएको र आगामी १६ जनवरी ओारम वितरणको अन्तिम दिन राखिएको जानकारी प्राप्त भएको छ। जीटीए आईडलको अडिशनलाई लिएर सम्पन्न सभामा क्षेत्रीय सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान केवल राई, पञ्चायत समिति सदस्य कुसाङ लामा, संगीतकारद्वय वरुण रसाईली र यादव गजमेर, गायक सन्तोष लामा लगायत अन्यहरु उपस्थित रहेका थिए।
सभापछि पत्रकारहरुसित कुराकानी गर्दै सचिव युवराज सुन्दासले जीटीए आईडल अन्तर्गत तीनधारे महानदी समष्टिमा आगामी २३ जनवरीको दिन अडिशन हुने भएको जानकारी गराउँदै यसको लागि नै आज समष्टि स्तरीय कमिटी गठन गरिएको बताएका छन्। उनले यस कमिटीको मार्ग निर्देशनमा नै जीटीए आईडलको लागि तीनधारे महानदी समष्टिमा अडिशन हुने भएको जानकारी गराएका छन्। उनले जीटीए आईडलको लागि तीनधारे महानदी समष्टिको सम्पूर्ण इच्छाहरुले आगामी १६ जनवरीभित्रमा फारम लगि सक्नु पर्ने पनि जानकारी गराएका छन्।
यसको साथै उपाध्यक्ष सन्तोष लामाले जीटीए आईडल अन्तर्गत तीनधारे महानदी समष्टिको लागि एकै दिन २३ जनवरीमा अडिशन हुने जानकारी गराउँदै समष्टिभित्र पर्ने सम्पूर्ण युवा कलाकारहरुले उक्त दिन नै अडिशनमा भाग अनुरोध गर्दै यदि कोही उक्त आउन नसकेर अर्को समष्टिकाे अडिशनमा भाग लिन नपाउने भएको जानकारी गराएका छन्।