१८औं सुकना गोल्ड कपः नर्थ बेंगल आर्म्ड पुलिसको रोमाञ्चक जीत

IMG-20250111-WA0237

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा नर्थ बेंगल आर्म्ड पुलिसले चरम रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत शनिवार सुकना हाई स्कूल मैदानमा खेलिएको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले सिलगढ़ी युनाइटेड फूटबल क्लबविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। म्याचको पहिलो मिनटमै गोल खाए पनि आर्म्ड पुलिसले असाधारण पुनरागमन गर्दै म्याच जित्यो। विजेता टीमबाट निक रसाईली, टुबाई रोय र सोर्णद्वीप सांगमाले १-१ गोल गरे। यसरी सिलगढ़ी युनाइटेडको तर्फबाट करण राईले दुवै गोल गरे। सोर्णद्वीप सांगमाले प्लेयर अव् द म्याच को पुरस्कार जिते। आइतवार कुनै म्याच छैन। सोमवार खेलिने म्याचमा सुकना युनाइटेड एफसी र नादोङ भूटिया फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *