सांसद राजु बिष्टद्वारा बागडोग्रा विमानस्थलमा निर्माण भइरहेको नयाँ टर्मिनलको निर्माण कार्य निरीक्षण

IMG-20250111-WA0219

सिलगढी: बागडोग्रा विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ। यो काम सम्पन्न गर्न ३० महिनाको लक्ष्य राखिएको छ। सांसद राजु विष्टले आज बागडोग्रा विमानस्थलका अधिकारीहरू र नयाँ टर्मिनल निर्माणमा संलग्न एजेन्सीसँग बैठक गरी कामको प्रगतिको बारेमा जानकारी संकलन गरे। आजको बैठकपछि सांसदले टर्मिनलको कामको निरीक्षण गरे। पछि उनले नयाँ टर्मिनल भवन र बहुस्तरीय कार पार्किङको काम शुरु भएको जानकारी दिए। अनुभवी इन्जिनियरहरूले काम गरिरहेका छन्। १० प्रतिशत काम सम्पन्न भएको छ। नयाँ टर्मिनल मार्च २०२७ मा तयार हुनेछ। यसले सिलगढी र दार्जीलिङका जनतालाई फाइदा पुर्‍याउनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *