विराटनगर: कोशी फुटबल संघ कोशी खेलकुद विकास बोर्डमा दर्ता भएको छ।
खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन २०८१ (२०२३)अन्तर्गत दर्ता हुने पहिलो खेल संघ कोशी प्रदेश फुटबल संघ बनेको छ।
प्रमाणपत्र प्राप्त गरेसँगै फुटबल संघ कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा पारित मार्ग दर्शनअन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको हो।
खेलकुद विकास बोर्डको २४औं बोर्ड बैठकले पारित गरेको मार्ग दर्शनअन्तर्गत दर्ता भएको छ। कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले कोशी फुटबल संघका अध्यक्ष किशोर राईलाई प्रमाणपत्र हस्तान्तरण गरे।
उनले फुटबल संघलाई प्रमाणपत्र दिँदै प्रदेशमा सक्रिय खेलकुद संघ मध्येको फुटबल संघले सबैभन्दा अगाडि बोर्डमा दर्ता हुन आउँदा अन्य संघलाई समेत प्रेरणा प्राप्त हुने बताए। प्रदेश खेलकुद बोर्डमा दर्ता भइरहँदा खेल संघ र बोर्डबीच प्रत्यक्ष रुपमा सम्बन्ध स्थापित हुने सदस्यसचिव बस्नेतले बताए।









