सिलगढी: राज्यभरि शिक्षा प्रणाली सुधार गर्न सिलगढीमा शिक्षकहरूको लागि कार्यशाला आयोजना गरियो। शनिबार सिलगढीको दीनबन्धु मञ्चमा उत्तर बङ्गालका विभिन्न विद्यालयका शिक्षकहरूसँग कार्यशाला आयोजना गरियो। कार्यशालाको उद्घाटन राज्यका शिक्षा मन्त्री ब्रात्य बसुले गरे।
यस अवसरमा स्कूल शिक्षा विभागका प्रमुख सचिव विनोद कुमार, विभागका सचिव शुभ्रा चक्रवर्ती, दार्जीलिङ जिल्लाका जिल्लापाल प्रीति गोयललगायत उपस्थित थिए। यस अवसरमा शिक्षामन्त्री ब्रात्य बसुले शिक्षा प्रणालीमा सुधार ल्याउन पश्चिम बङ्गाल केन्द्रीय माध्यमिक शिक्षा बोर्डले चार क्षेत्रमा विभाजन गरेर यस्तो तालिमको व्यवस्था गरेको बताए। यो कार्यशाला पहिलो पटक सिलगढीमा शुरु भएको थियो। यहाँ शिक्षकहरूलाई विभिन्न विषयहरूमा तालिम दिइन्छ।